Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संकीर्ण सोचले विदेश र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकिएको माधव नेपालको भनाई

संकीर्ण सोचले विदेश र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकिएको माधव नेपालको भनाई

  • सोमवार, माघ २४ २०७८

  • 587
    SHARES

  • संकीर्ण सोचले विदेश र सुरक्षा नीतिमा साझा धारणा बनाउन नसकिएको माधव नेपालको भनाई

    काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताएका छन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा अध्यक्ष नेपालले विदेश मामिला र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकभित्रका सबै दलहरूको साझा धारणा हुनुपर्ने बताए ।

    समितिले भूपू गोर्खा सैनिकको विषयमा छलफल राखेको थियो । अध्यक्ष नेपालले गोर्खा भर्तीबारे भारत, बेलायत र नेपालबीचको सन् १९४७ को सन्धिको औचित्यबारे पनि प्रश्न उठाएका छन् ।

    नेपालले युवाहरूलाई गोर्खा सैनिकमा भर्ती गर्नुपर्ने तर त्यसको फाइदा अर्कै देशले पाइरहेको विषयमा सोच्ने बेला आएको नेपालको भनाइ थियो ।

    एमालेका सांसद दीपकप्रकाश भट्टले ब्रिटिस गोर्खा भर्ती खारेज गर्नुपर्ने बताए । सन्धि गर्ने समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो नभएको र तत्कालीन सरकारलाई बाध्य पारिएको तर अब त्यो परिस्थिति फेरिएको उनको भनाइ थियो ।

    जसपाकी सांसद रेनुका गुरुङले नेपाल त्रिपक्षीय सन्धिमै अड्ने हो कि नेपाल र बेलायतबीच द्वीपक्षीय सन्धि गर्ने हो ? भन्ने विषय राखेकी थिइन् ।

    कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले भूतपूर्व गोर्खाका समस्याबारे सरकारले पारदर्शी रूपमा काम गर्न नसकेको बताए । सरकारका मन्त्रीले समितिमा आएर त्यसको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।


    सोमवार, माघ २४ २०७८०२:२९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij