Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चुनावपछि मात्रै एमसिसी अघि बढाउन प्रचण्डको प्रस्ताव

चुनावपछि मात्रै एमसिसी अघि बढाउन प्रचण्डको प्रस्ताव

  • आइतवार, माघ २३ २०७८

  • 595
    SHARES

  • चुनावपछि मात्रै एमसिसी अघि बढाउन प्रचण्डको प्रस्ताव

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गरेका छन्।

    आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

    यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चाररपाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

    उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ ९फागुन १६० सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ।

    प्रचण्डको प्रस्ताव देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन्। छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका थिए। जवाफ ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए।

    तीन नेताहरूबीच आइतबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो।


    आइतवार, माघ २३ २०७८०६:४६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij