Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान (सूचनासहित)

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान (सूचनासहित)

  • शनिवार, माघ २२ २०७८

  • 578
    SHARES

  • निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान (सूचनासहित)

    काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो ।

    आयोगले शनिबार प्रकाशित गरेको सूचना अनुसार आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।

    मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

    हेर्नुस् सूचना:


    शनिवार, माघ २२ २०७८०१:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij