Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उखुबारीमा हत्या प्रकरण: थप २ जना आरोपी सार्वजनिक

उखुबारीमा हत्या प्रकरण: थप २ जना आरोपी सार्वजनिक

  • शनिवार, माघ २२ २०७८

  • 589
    SHARES

  • उखुबारीमा हत्या प्रकरण: थप २ जना आरोपी सार्वजनिक

    काठमाडौँ । मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार(आज) थप २ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार(हिजो) पक्राउ गरिएको जनाएको छ ।

    यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।

    मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


    शनिवार, माघ २२ २०७८१२:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij