Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन

स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन

  • बुधवार, माघ १९ २०७८

  • 726
    SHARES

  • स्थानीय तह निर्वाचनको सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन

    काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

    आज गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो ।

    बैठकले निर्वाचन सम्पम्न गर्न आवश्यक पर्ने स्रोत–साधनको सूचीसहित अनुमानित बजेट समेत पेस गर्ने भनेर निर्देशन दिएको छ ।

    आजको बैठकमा बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे संक्षिप्त चर्चा गरेका थिए ।

    गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणप्रसाद शर्माले स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।

    करिव २ घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।


    बुधवार, माघ १९ २०७८०५:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij