Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारले बढायो दूधको मूल्य साढे ६ रुपैयाँ

सरकारले बढायो दूधको मूल्य साढे ६ रुपैयाँ

  • मंगलवार, माघ १८ २०७८

  • 546
    SHARES

  • सरकारले बढायो दूधको मूल्य साढे ६ रुपैयाँ

    काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो ।

    किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको मूल्य सरकारले बढाएको हो ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।

    त्यसपछि गठन भएको अध्ययन समितिको सुझाव अनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको हो ।

    दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुँदै आएको थियो ।


    मंगलवार, माघ १८ २०७८०६:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij