Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मोरङमा खाल्डोमा भेटिएका दुई शवमध्ये एउटाको पहिचान, के भन्छ प्रहरी ?

मोरङमा खाल्डोमा भेटिएका दुई शवमध्ये एउटाको पहिचान, के भन्छ प्रहरी ?

  • बिहिवार, माघ १३ २०७८

  • 458
    SHARES

  • मोरङमा खाल्डोमा भेटिएका दुई शवमध्ये एउटाको पहिचान, के भन्छ प्रहरी ?

    काठमाडौं। मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।

    बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको खुलेको उनले बताए ।

    प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम छ ।

    एसपी जिसीका अनुसार बुधबार उत्खनन गरिएको अन्दाजी ३०र३५ वर्षका पुरुषको शव भने पहिचान भएको छैन । दुवै शवको प्रकृति एउटै भएका कारण अर्का व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

    बुधबार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम छ । उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


    बिहिवार, माघ १३ २०७८०५:५५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij