Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दुधकोशी आयोजनामा अर्को दुर्घटना, दुई श्रमिक सुरुङभित्र खसे

दुधकोशी आयोजनामा अर्को दुर्घटना, दुई श्रमिक सुरुङभित्र खसे

  • बिहिवार, माघ १३ २०७८

  • 942
    SHARES

  • दुधकोशी आयोजनामा अर्को दुर्घटना, दुई श्रमिक सुरुङभित्र खसे

    काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा अर्को दुर्घटना भएको छ । आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक सुरुङभित्र खसेका छन् ।

    विहान करिब ४ बजे घटना भएपनि सुरुङभित्र खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक प्रदीप कटुवालका अनुसार पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको देखिएको छ ।

    पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको कटुवालले जानकारी दिए । सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको भने उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कटुवालले जानकारी दिए ।

    गत ११ पुसमा यही आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको थियो । परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको थियो ।


    बिहिवार, माघ १३ २०७८०२:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij