Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रहरीको मोटरसाइकल सहित भागेका कैदी भारतीय सीमावर्ति क्षेत्रबाट पक्राउ

प्रहरीको मोटरसाइकल सहित भागेका कैदी भारतीय सीमावर्ति क्षेत्रबाट पक्राउ

  • सोमवार, माघ १० २०७८

  • 635
    SHARES

  • प्रहरीको मोटरसाइकल सहित भागेका कैदी भारतीय सीमावर्ति क्षेत्रबाट पक्राउ

    काठमाडौं – दाङको घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ति क्षेत्रबाट समातेको बताइएको छ ।

    कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका छन् ।


    सोमवार, माघ १० २०७८०२:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij