Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डद्धारा केन्द्रीय समिति बैठक बोलाउन परिपत्र, पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने

प्रचण्डद्धारा केन्द्रीय समिति बैठक बोलाउन परिपत्र, पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने

  • आइतवार, माघ ९ २०७८

  • 837
    SHARES

  • प्रचण्डद्धारा केन्द्रीय समिति बैठक बोलाउन परिपत्र, पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने


    काठमार्डौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

    ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभएको छ ।

    यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

    उहाँले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताउनुभएको छ ।

    साथै प्रदेश समिति र पदाधिकारीको निर्वाचनलाई छिटो गर्न समते उहाँले भन्नुभएको छ ।


    आइतवार, माघ ९ २०७८०५:५१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij