काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुनेछ । त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।
लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित
आयोगले कोरोना महामारीका कारण सबै लिखित परिक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरेको छ ।
फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनस्तालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ ।
लिखित परीक्षा बाहेका आयोगका पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने जनाएको छ ।
त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ ।
तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।
