Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

  • बिहिवार, माघ ६ २०७८

  • 766
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

    विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ । पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

    यस्तै, नेपाल विद्यार्थी संघले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गरी कोरोना महामारीका बेला नेपाल आयल निगले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भनी भर्त्सना गर्नुभएको हो ।

    अत्यावश्यकिय उपभोग्य वस्तुमा पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुरेको उल्लेख गर्दै विज्ञप्तिमा सरकारलाई मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त हुँदै निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप नेविसंघले लगाएको छ ।

    साथै विज्ञप्तिमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएपछि सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुन सक्ने आशंका पनि गरिएको छ ।नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।


    बिहिवार, माघ ६ २०७८०१:१५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij