Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘मधेश प्रदेश’ नामाकरणमा असहमति जनाउदै जनकपुरमा पुत्ला दहन

‘मधेश प्रदेश’ नामाकरणमा असहमति जनाउदै जनकपुरमा पुत्ला दहन

  • मंगलवार, माघ ४ २०७८

  • 710
    SHARES

  • ‘मधेश प्रदेश’ नामाकरणमा असहमति जनाउदै जनकपुरमा पुत्ला दहन

    काठमाडौं । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन ।

    २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन ।

    ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनुभयो ।

    उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनुभयो ।

    उनीहरुले मधेशी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका हुन् ।


    मंगलवार, माघ ४ २०७८०४:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij