Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डबीचको छलफलपछि राजनीतिक समन्वय समितिको बैठक बोलाइयो

देउवा र प्रचण्डबीचको छलफलपछि राजनीतिक समन्वय समितिको बैठक बोलाइयो

  • सोमवार, माघ ३ २०७८

  • 452
    SHARES

  • देउवा र प्रचण्डबीचको छलफलपछि राजनीतिक समन्वय समितिको बैठक बोलाइयो

    काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    आज बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो।

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

    समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य छन्।

    ‘प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज बिहान कुराकानी भयो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने कुरा भएको छ ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन।

    तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्।


    सोमवार, माघ ३ २०७८०२:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij