Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई कारवाही, अर्कोमा मर्जर नभएसम्म शेयर किनबेच रोकिने

मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई कारवाही, अर्कोमा मर्जर नभएसम्म शेयर किनबेच रोकिने

  • शुक्रवार, पौष ३० २०७८

  • 488
    SHARES

  • मर्जर भाँडिएपछि हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई कारवाही, अर्कोमा मर्जर नभएसम्म शेयर किनबेच रोकिने

    काठमाडौं – मर्जर गर्ने सहमति गरेर मर्जर भाँडेको भन्दै हिमालय र नेपाल इन्भेष्टमेन्ट दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै बैंकले नयाँ साथी खोजेर मर्जरमा नगएसम्म शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, शाखा कार्यालय विस्तार गर्न नपाइनेसहितको कारवाही हुनेछ ।

    उनका अनुसार दुई बैंकले संयुक्त रूपमा सहमति गरेकोले एउटाको कारण मर्जर भाँडिए पनि फेरि अर्को बैंक खोजेर मर्जरमा नगएसम्म राष्ट्र बैंकले दुवैलाई कारवाही गर्छ ।

    हिमालयन बैंक मर्जरमा नगएकोले शुक्रवार पारित भए पनि नगद लाभांश बाँड्न रोक लाग्नेछ । इन्भेष्टमेन्टसँग मर्जरमा जाने शर्तमा नै गत आर्थिक वर्षको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको थियो । यस बाहेक हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति दिने छैन ।

    राष्ट्र बैंकबाट पाउने नियामकीय सुविधा हिमालयनले नपाउने पनि उल्लेख छ । मर्जर प्रक्रिया भाँडेका कारण यी बैंकले पुनरकर्जा, स्थायी तरलता सुविधा (एसएलएफ) लगायतका मौद्रिक उपकरणहरू प्रयोग गर्न नपाउने हुँदा जसरी पनि अर्को बैंकसँग मर्जरमा जानुपर्ने ढकाल बताउँछन् ।​

    हिमालयन बैंकको साधारण सभामा शेयरधनीबीच चर्काचर्की, भाँडियो इन्भेष्टमेन्टसँगको मर्जर
    राष्ट्र बैंकले हिमालयनका सञ्चालकलाई भने सचेत पनि गराउने छ । यसकै कारण मर्जर भाँडिएकोले यसलाई अझै कडा निगरानीमा राखिने भएको छ ।

    गत वैशाखदेखि दुवै बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । यो शेयर कारोबार अर्को बैंकसँग मर्जरमा नगएसम्म फुकुवा नहुने पनि उल्लेख छ ।

    हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकले कारवाहीबाट बच्नका लागि अर्को बैंकसँग मर्जर जानैपर्ने हुन्छ । यसका लागि दुवै बैंकले जति समय माग्छन् उति नै पाउँछन् तर त्यो समयसम्म भने राष्ट्र बैंकको मर्जर तथा एक्विविसन नियमावली अनुसार कारवाही भोगिरहेकै हुन्छन् ।

    यी दुवै बैंक जति छिटो अर्को बैंकसँग मर्जरमा जान्छन्, उति नै छिटो कारवाहीबाट जोगिने पनि राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक ढकालले बताए ।


    शुक्रवार, पौष ३० २०७८०५:२३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij