Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाली नर्सलाई बेलायत लैजानेबारे औपचारिक वार्ता आजदेखि

नेपाली नर्सलाई बेलायत लैजानेबारे औपचारिक वार्ता आजदेखि

  • शुक्रवार, पौष ३० २०७८

  • 1.2K
    SHARES

  • नेपाली नर्सलाई बेलायत लैजानेबारे औपचारिक वार्ता आजदेखि

    काठमाडौँ । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता आजदेखि सुरु हुँदै छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले आजदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

    बेलायत सरकारले पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्दै हुनुहुन्छ ।

    बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्स लैजाने प्रवक्ता घिमिरेले बताउनुभयो ।


    शुक्रवार, पौष ३० २०७८०७:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij