Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, विभाग वर्गीकरणको तयारीमा, भाडा वढेपनि व्यवसायीहरू असन्तुष्ट

बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, विभाग वर्गीकरणको तयारीमा, भाडा वढेपनि व्यवसायीहरू असन्तुष्ट

  • बुधवार, पौष २८ २०७८

  • 378
    SHARES

  • बढेको ट्याक्सीभाडा माघ १ देखि लागू हुने, विभाग वर्गीकरणको तयारीमा, भाडा वढेपनि व्यवसायीहरू असन्तुष्ट

    काठमाडौं । भाडा समायोजनको माग गरी वर्षौंदेखि मिटरमा चल्न अटेर गर्ने ट्याक्सी चालकको मागअनुरुप भाडादर समायोजन भएपछि त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ ।

    सरकारी निर्णयले उपभोक्ता आफ्नो ढाड सेकिएको गुनासो गर्छन् भने माग पूरा भएपछि पनि चालक उत्साही देखिदैनन् । सरकारले निर्णय त गर्‍यो तर यसको प्रभावकारिताका विषयमा अझै अन्योल कामय छ ।

    भाडा समायोजनका लागि ट्याक्सी व्यवसायीहरूले पटक–पटक हड्ताल तथा विभिन्न किसिमको दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । बागमती प्रदेश सरकारले यही माघ १ देखि कार्यान्वयनमा आउने गरी भाडा समायोजन गरेको छ ।

    परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्म यात्राको सुरू ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम भएको छ । त्यसपछि सुरूको एक किलोमिटर यात्रापछि प्रतिदुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुनेछ ।

    भाडा समायोजन वैज्ञानिक रहेको र छोटो दूरीमा जान नमान्ने ट्याक्सी सञ्चालकको माग यसले पूरा गरेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ । १ किलोमिटर भन्दा छोटो दूरीमा ट्याक्सी नचढ्दा नै ठिक हुने उहाँको भनाइ छ ।

    लामो समयपछि भाडा समायोजन भएपछि ट्याक्सी व्यवसायीहरू उत्साही हुनुको सट्टा असन्तुष्ट देखिन्छन् । समायोजन भए पनि चित्तबुझ्दो नभएको गुनासो उनीहरूको छ । यद्यपि भाडा बढ्दा उनीहरू खुसी नै देखिन्छन् ।

    विश्वमा ट्याक्सी सेवा प्रदायक उपभोक्ताले भनेको ठाउँमा जान्न भन्न नपाइने प्रावधान भए पनि नेपालमा यो सेवाप्रति आम उपभोक्ताको गुनासो छ । आपत परेका जान नमान्ने, माने पनि मोलतोल गर्ने ट्याक्सी चालकको प्रवृत्ति रहेको उनीहरूको आरोप छ ।



    बुधवार, पौष २८ २०७८०६:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij