Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

साल्ट ट्रेडिङको मल बिक्रीको पैसा हिनामिना गरेको आरोपमा पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साल्ट ट्रेडिङको मल बिक्रीको पैसा हिनामिना गरेको आरोपमा पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बुधवार, पौष २८ २०७८

  • 852
    SHARES

  • साल्ट ट्रेडिङको मल बिक्रीको पैसा हिनामिना गरेको आरोपमा पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

    पासवानले मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    मल बिक्रीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुुसन्धान गर्दा पासवानले लिमिटेडको आधिकारिक खातामा रकम दाखिला नगरी व्यक्तिगत खातामा जम्मा गरेको खुलेको अख्तियारले जनाएको छ।

    १८ लाख ३७ हजार छ सय ६४ रुपैयाँ विगो माग दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।


    बुधवार, पौष २८ २०७८०६:०२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij