Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सञ्चारकर्मीलाई आचारसंहिता पालना गर्न अनलाइन टिभी पत्रकार सङ्घको आह्वान

सञ्चारकर्मीलाई आचारसंहिता पालना गर्न अनलाइन टिभी पत्रकार सङ्घको आह्वान

  • शुक्रवार, श्रावण २३ २०७७

  • 1.5K
    SHARES

  • सञ्चारकर्मीलाई आचारसंहिता पालना गर्न अनलाइन टिभी पत्रकार सङ्घको आह्वान

    काठमाडौं । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ ।

    बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।

    सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ । सङ्घले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ ।

    सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने–सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ ।

    गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ ।

    Image may contain: text that says 'दर्ता :२३१४०/०७७/०७て अनलाईन टिभी पत्रकार संघ, नेपाल गते अपिल अधिकारीसंग प्रविधिको विकाससंगै पत्रकारिताको शिलशिलामा केही व्यवहारलाई लिएर सर्वत्र क्षेत्रमा केही नयां संचारकर्मीहरुले व्यक्तभइरहेकोप्रति हाम्रो ध्यानाकर्षण समेत सत्चारको रुपमा सामग्रीहरुप्रति माध्यमलाई सहजै संगठित युट्युवलगायतका टिकाटिप्पणी भइरहेके मार्फत् साथीहरुलाई परिप्रेक्षमा आचारसंहितालाई बनाउने निर्णय गरेको थियो सोही आचारसंहितालाईअन्तिम अन्यौलता रहदै आएको थियो सत्चालकहरुको माध्यमलाई समेटनेगरी समेत भइसकेको जारी सिकाउनेर २०७६ भेलाले आचारसंहिता दिएर पत्रकारिता आचारसंहिता भएकै हाम्रो उहांहरुलाई दर्शक सुवेच्छुकहरुवाट साथीहरुले सामाजिक नभुलेर अनुरोध एकतावद्द पत्रकारहरुलाई साथीहरु स्वागतयोग्य सत्चारकर्मी सुधादे लैजान आग्रह गर्दद्ां साथीहरुलाई सहयोग, सुभाव सुदृढीकरणका लागि सवै राजु सुवेदी महासचिव'


    शुक्रवार, श्रावण २३ २०७७१२:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij