Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या, ५ वर्षीया बालिका घाइते

स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या, ५ वर्षीया बालिका घाइते

  • बुधवार, पौष २८ २०७८

  • 693
    SHARES

  • स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या, ५ वर्षीया बालिका घाइते

    काठमाडौं – स्याङ्जाको वालिङ्ग नगरपालिकामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ ।

    वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

    घाँटी रेटिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए ।

    मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    हत्या आरोपमा प्रहरीले पर्वत–५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ ।

    घटना कुन उदेश्यले र किन घटाइएको भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


    बुधवार, पौष २८ २०७८०५:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij