Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो

प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो

  • सोमवार, पौष २६ २०७८

  • 446
    SHARES

  • प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मका लागि सारिएको छ ।

    संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

    यसअघि पनि बैठक बस्दै नबसी  पुस २८ गतेका लागि सारिएको थियो। त्यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो । तर फेरि सूचना निकालेर माघ ३ गतेका लागि सारिएको छ।

    संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्दै आएको छ। सहजरुपमा संसद चल्ने वातावरण बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए।

    Pratinidhi-sabha_samsad-sachiwalaya.jpg


    सोमवार, पौष २६ २०७८०२:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij