Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ललिता निवास जग्गा प्रकरणमा सीआइबीद्धारा प्रतिवेदन पेश, के शिर्ष नेता पनि संलग्न छन् ?

ललिता निवास जग्गा प्रकरणमा सीआइबीद्धारा प्रतिवेदन पेश, के शिर्ष नेता पनि संलग्न छन् ?

  • बिहिवार, पौष २२ २०७८

  • 761
    SHARES

  • ललिता निवास जग्गा प्रकरणमा सीआइबीद्धारा प्रतिवेदन पेश, के शिर्ष नेता पनि संलग्न छन् ?

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई बुझाएको छ । बिहिबार बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आरोपीमाथि मुद्दा दायर प्रक्रिया बढाउने भएको छ ।

    सीआइबीले बुझाएको प्रतिवेदनमा ३ सयभन्दा बढी संलग्न पाइएको प्रवक्ता श्यामकुमार महतोले बताए । चारवटा फरक मुद्दा भएकाले केही व्यक्ति दोहोरिएको उनको भनाई छ । चारैजना अनुसन्धान अधिकृत पुगेर प्रतिवेदन बुझाएको छ ।

    प्रतिवेदनले लामो अनुसन्धानपछि निष्कर्षसहित सरकारी वकिल कार्यालयसामु प्रस्तुत गरेको बुझिएको छ । अब सरकारी वकिल कार्यालयले थप अध्ययन गरी मुद्दा दायर गर्ने बुझिएको छ ।

    सीआइबीको प्रतिवेदनमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईको नाम भने नभएको विश्वस्त स्रोतले बताएको छ । मन्त्रीहरु विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जय साहविरुद्ध मुद्दा नचल्ने गरी प्रतिवेदन पुगेको बुझिएको छ ।

    तत्कालीन मुख्यसचिव माधव घिमिरे र लिलामणि पौडेलले पनि उन्मुक्ति पाउने भएका छन् । घिमिरेको निधन भइसकेको छ ।

    तर, ललिता निवास प्रकरणबारे विभिन्न निर्णय हुँदा सचिव भएका दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध किर्ते मुद्दा चलाउने प्रतिवेदन तयार पारिएको छ ।
    बस्न्यातले गर्दा आफूहरु समस्यामा परेको भन्दै बाँकी पूर्वसचिवहरुले भनिरहेको बुझिएको छ । राजनीतिक प्रक्रियाबाट सत्तामा पुगेकाको मौखिक आदेशमा कतिपय कर्मचारी बलीको बोका बनाइएका छन् ।

    कतिपय सचिवहरुले ललिता निवास प्रकरणबारे मन्त्रीको दबाब आउँदा पनि विरोध जनाएका थिए । तर, उनीहरुलाई पनि सीआइबीको प्रतिवेदनले आरोपी देखाएको बुझिएको छ ।

    ललिता निवास प्रकरणमा जग्गा नाममा रहेकाहरु पनि आरोपी छन् । उनीहरुमध्ये को को माथि मुद्दा चल्ने हो चासोको विषय बनेको छ । जग्गा नाममा भएकामा कतिपय नेताका सन्तान र कर्मचारीका आफन्त पनि छन् ।

    एमाले नेता विष्णु पौडेलका छोरा पनि हुन् । कतिपय शक्तिशाली निकायमा छन् । उनीहरुलाई उन्मुक्ति दिन खोजिएको छ । कतिपय पूर्व कर्मचारीहरुले घूसवापत् आफन्तका नाममा जग्गा राखेको पाइएको छ । जग्गा नाममा हुनेहरु पनि बलीको बोका बनाइएका छन् ।

    विशेषगरी, मालपोत र नापीका कर्मचारीमाथि मुद्दा चल्ने गरी ललिता निवास जग्गा प्रकरणमा सीआइबीले प्रतिवेदन बनाएको छ । मुख्य आरोपी रामकुमार सुवेदी, शोभाकान्त ढकाल, माधवी सुवेदी र उमा ढकाललाई मुख्य दोषी बनाइएको छ । उनीहरुमध्ये उमा ढकाल फरार छिन् ।

    शोभाकान्त डिल्लीबजार कारागारमा छन् । रामकुमार र माधवी सीआइबीको हिरासतमा छन् ।


    बिहिवार, पौष २२ २०७८०३:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij