Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता नियुक्त गर्ने तयारी, कसले मार्ला बाजी ?

कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता नियुक्त गर्ने तयारी, कसले मार्ला बाजी ?

  • आइतवार, पौष १८ २०७८

  • 779
    SHARES

  • कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता नियुक्त गर्ने तयारी, कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै कोषाध्यक्ष र प्रवक्ता नियुक्त गर्नेगरि तयारी थालेका छन् । हिजोमात्रै उनले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित १० जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् ।

    अब उनले छिट्टै कोषाध्यक्ष नियुक्त गर्ने बुझिएको छ। योसँगै अब कांग्रेसको कोषाध्यक्ष को बन्छ रु भनेर चर्चा पनि सुरु भएको छ। उता, कोषाध्यक्षको लागि नेताहरुको पनि दौडधुप सुरु भएको छ । खासगरी यसपटक पदाधिकारीमा आउन चाहेका देउवाका विश्वासिला नेता ज्ञानेन्द्र बहादुर कार्की केन्द्रीय सदस्यमा नै सिमित भएका छन् ।

    उनले आफू कोषाध्यक्षमा आउन चाहेको सन्देश प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासमक्ष पुर्याईसकेका छन् । उनी अहिले देउवा सरकारको प्रवक्तासमेत हुन् । कार्कीले अहिले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोषाध्यक्ष पदाधिकारीभित्र पर्ने पद हो। त्यसैले यसमा नेताहरुको दाबी हुनु स्वभाविक हो ।

    अहिले कार्कीसँगै केन्द्रीय सदस्यमा निर्वाचित विनोद चौधरीको पनि नाम चर्चामा छ । युवा नेताहरुले समेत चौधरीलाई कोषाध्यक्ष बनाउँदा कांग्रेसलाई फाईदा हुने बताउँदै नेतृत्वलाई दबाब दिईरहेका छन् । देउवाले पनि चौधरीलाई नै उक्त जिम्मेवारी दिनेगरि छलफल गरेको स्रोतको दाबी छ । तर, कार्की र चौधरीले आ–आफ्नो दाबी नछोडे देउवाले उमेश श्रेष्ठलाई पनि उक्त जिम्मेवारी दिनसक्ने कतिपयको भनाई छ ।

    उता, महिला नेतृहरु पुष्पा भुसाल, डा। डिला संग्रौला र अम्बिका बस्नेत पनि कोषाध्यक्षको रेसमा रहेको चर्चा छ । यसअघि पनि चित्रलेखा यादव र सीतादेवी यादवले कोषाध्यक्षको रुपमा सफल रुपमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् ।


    आइतवार, पौष १८ २०७८०१:५७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij