काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।
त्यस्तै ८÷३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८÷४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९÷१० बजे उम्मेदवारको नामावली पुनः प्रकाशन, ९÷३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ ÷ १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११÷३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।