Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२१ स्थानीय तहले अझै बजेट ल्याउन सकेन्न्

२१ स्थानीय तहले अझै बजेट ल्याउन सकेन्न्

  • सोमवार, पौष १२ २०७८

  • 792
    SHARES

  • २१ स्थानीय तहले अझै बजेट ल्याउन सकेन्न्

    काठमाडौं । चालु आर्थिक वर्षको करिब साढे पाँच महिना बितिसक्दा समेत २१ वटा स्थानीय तहले अझै पनि बजेट ल्याउन सकेका छैनन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३२ वटा स्थानीय तहले मात्र चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याएका छन् ।

    बाँकी २१ वटा स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् । यस्तो बजेट ल्याउन नसक्नेमा अधिकांश प्रदेश नम्बर २ बाट रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार बजेट नल्याउने कुल २१ स्थानीय तहमध्ये २० वटा स्थानीय तह प्रदेश २ बाट रहेको छ भने एक स्थानीय तह बागमती प्रदेशबाट रहेको छ । बाँकी पाँचवटा प्रदेशबाट सबै स्थानीय तहहरूले चालु आर्थिक वर्षको स्थानीय बजेट ल्याइसकेका छन् ।


    सोमवार, पौष १२ २०७८०३:०१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij