Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

सदनमा एमालेले गाईजात्रा देखाइरहेको छ: प्रचण्ड

सदनमा एमालेले गाईजात्रा देखाइरहेको छ: प्रचण्ड

  • शनिवार, पौष १० २०७८

  • 791
    SHARES

  • सदनमा एमालेले गाईजात्रा देखाइरहेको छ: प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठबन्धनमा आफूहरुले समस्या महसुस नगरेको बताउनुभएको छ । सत्ताधारी पाँच दलीय गठबन्धनको एक अध्यक्ष समेत रहनुभएका उहाले गठबन्धन टुटाउने प्रयास भने भइरहेको बताउनुभयो ।

    केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रममा आज उहाले प्रतिगमनका विरुद्ध लड्न बनाइएको गठबन्धनले केन्द्रमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारीहरुलाई बालुवाटारबाट निकालेको र ६ वट प्रदेश सरकारबाट पनि निकालेको बताउनुभयो ।

    प्रचण्डले सदनमा एमालेले गाईजात्रा देखाएको बताउनुभयो । ’सर्वोच्चको फैसला छ । निर्वाचन आयोगको फैसला छ, एउटा पार्टीलाई मान्यता दिएको छ । अब प्रमुख प्रतिपक्षी भनिएको एमाले गुटचाहिँ दिनदिनै अवरुद्ध गर्ने, नाराबाजी गर्ने गरेको छ’, उहाले भन्नुभयो, ’कहीँ कतै नाटक गर्ने ठाउँ संविधान, ऐन कानुन, निर्वाचन आयोग, सर्वोच्च अदालत दिएको छैन । तर एमाले गुटचाहिँ यो प्रतिनिधि सभा काम छैन भन्ने साबित गर्नको लागि मात्रै, पहिला आफैंले दुईपटक गरेको विघटन ठीकै हो भन्ने बनाउनका लागि सदन चल्न दिइरहेको छैन ।’

    उहाले सदनमा नाराबाजी गर्ने कामलाई लोकतन्त्रविरोधी, निरंकुश, हास्यास्पद र लज्जास्पद गतिविधिको रुपमा अर्थ्याउनुभयो ।


    शनिवार, पौष १० २०७८०१:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij