काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।
नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेकाले पनि देवाको यो भ्रमण्मलाई अर्थ पुर्ण तरीकाले हेरीएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ । यद्यपि जनवरी १० मा पनि हुनसक्ने अनुमान गरीएको छ ।