Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, बैठक फेरि ३ बजे बस्ने

माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, बैठक फेरि ३ बजे बस्ने

  • शुक्रवार, पौष ९ २०७८

  • 601
    SHARES

  • माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, बैठक फेरि ३ बजे बस्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

    शुक्रबार(आज) बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।


    उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताए ।

    ‘आज दुईवटा एजेण्डामा छलफल भयो । पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग एकता हुँदैछ’, प्रवक्ता महराको भनाइ छ ।

    ३ बजेपछि पुनः बस्ने स्थायी समिति बैठकले यसमा विस्तृत छलफल गरेर सार्वजनिक गरिने महराले बताए ।


    शुक्रवार, पौष ९ २०७८०१:१२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij