Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ: माधवनेपाल

संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ: माधवनेपाल

  • मंगलवार, पौष ६ २०७८

  • 975
    SHARES

  • संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गएको छ: माधवनेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गर्नुभएको छ ।

    गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीले समाजवादीका सांसदको सहभागितामा संसद् चलाउन नदिएको प्रति व्यङ्ग्य गर्दै आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको बताउनुभयो ।

    ‘म संसद् चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद् छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि,’ उहाले भन्नुभयो, ‘उसले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भन्या छ,कस्तो सन्जोग काँग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानु परेछ । काँग्रेसको कार्यक्रममा आउन पनि हुने, एउटै स्टेजमा बस्न पनि हुने तर, संसदमा छुवाछुतको व्यवहार गर्छन्,संसदमा आउँछन् नारा लगाउँछन् ।’ उहाले केपी ओलीलाई आफूहरूलाई कारबाही गर्ने अधिकार नभएको समेत बताउनुभयो ।

    नेता नेपालले केपी ओलीको कब्जामा रहेर प्राइभेट कम्पनीमा रूपान्तरित नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको बताउनुभएको छ ।

    अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाउनुभएको छ । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उहाले भन्नुभयो, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना ग¥या छ ? संविधानका सम्मान गर् रे, सम्मान ग¥ या’छन् ?’

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ । ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उहाले बताउनुभयो ।


    मंगलवार, पौष ६ २०७८०३:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij