Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मौसम : काठमाडौंमा निकै चिसो, उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु

मौसम : काठमाडौंमा निकै चिसो, उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु

  • मंगलवार, पौष ६ २०७८

  • 1.1K
    SHARES

  • मौसम : काठमाडौंमा निकै चिसो, उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु

    काठमाडौं । देशका पहाडी भू–भागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसबाहेकका अन्य भू–भागमा आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।काठमाडौंको आज विहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

    हिजो विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो ।आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने छ ।
    तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्नेभएको छ।बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन थालेको छ ।

    आज उच्च पहाड र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना रहेको छ ।


    मंगलवार, पौष ६ २०७८०७:४५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij