Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यी हुन् खुलाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ नेताहरु (सूचीसहित)

यी हुन् खुलाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ नेताहरु (सूचीसहित)

  • आइतवार, पौष ४ २०७८

  • 1.0K
    SHARES

  • यी हुन् खुलाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित ३५ नेताहरु (सूचीसहित)

    काठमाडौं – नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

    त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।

    त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

    त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल हुनुुभएको छ ।

    ३६ औं स्थानमा रहेका नेविसंघका पूर्व महामन्त्री मनोनमणि आचार्य केन्द्रीय सदस्य बन्न असमर्थ रहनुभयो ।


    आइतवार, पौष ४ २०७८०८:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij