Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाको वर्चस्व, कोइराला पक्षका ९ जनाले जिते

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाको वर्चस्व, कोइराला पक्षका ९ जनाले जिते

  • आइतवार, पौष ४ २०७८

  • 855
    SHARES

  • कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवाको वर्चस्व, कोइराला पक्षका ९ जनाले जिते

    काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

    ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

    शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् ।

    यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

    शनिबारबाट थालिएको मतगणना आज साँझ सकिएको हो । अहिले अन्तिम परिणाम घोषणाको तयारी भइरहेको छ ।


    आइतवार, पौष ४ २०७८०७:५४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij