Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

एमसीसीबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

  • शुक्रवार, पौष २ २०७८

  • 751
    SHARES

  • एमसीसीबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

    काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    देउवालाई भेट्न शुक्रबार(आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएका दाहालले एमसीसीबारे सर्वदलीय छलफल, सदन अवरुद्ध खुलाउने लगायतका विषयमा कुरा गर्नुभएको थियो ।

    एमसीसी र एमालेले लामो समयदेखि गरेको सदन अवरुद्ध खुलाउने विषयमा दुई नेताबीच कुराकानी भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री देउवाले दाहालसँग केही दिनमै सर्वदलीय बैठक डाक्ने बताउनुभएको थियो । पछिल्लो समय नेकपा एमालेले संसद् अवरुद्ध पर्नाले एमसीसी अनुमोदनलगायत विषय प्रभावित बनेका छन् ।

    भेटको क्रममा नेता दाहालले देउवालाई सभापतिमा निर्वाचित भएको बधाइ तथा शुभकामनासमेत दिनुभएको थियो । साथै राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूमाथि क्यानले गरेको कारबाहीबारे पनि दाहालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएका मल्लले बताउनुभएको छ ।


    शुक्रवार, पौष २ २०७८०२:२४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij