Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

  • बुधवार, मंसिर २९ २०७८

  • 1.9K
    SHARES

  • कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काठमाडौँ । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।

    मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो ।

    यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

    १३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

    पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।


    बुधवार, मंसिर २९ २०७८०६:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij