Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पूर्व राजालाइ माधव नेपालको सुझावः एउटा पार्टी खोल्नुस् नभए व्यापारमा लाग्नुस्

पूर्व राजालाइ माधव नेपालको सुझावः एउटा पार्टी खोल्नुस् नभए व्यापारमा लाग्नुस्

प्रतिगामी तत्वहरुलाई फेरि शिर उठाउने दुस्साहस नगर्न चेतावनी
  • शुक्रवार, मंसिर २४ २०७८

  • 594
    SHARES

  • पूर्व राजालाइ माधव नेपालको सुझावः एउटा पार्टी खोल्नुस् नभए व्यापारमा लाग्नुस्

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

    शुक्रबार(आज) नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

    नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

    उनले राजनीतिमा मैमत्त हुने एक अर्कालाई सम्मान नगर्ने प्रवृत्ति हुर्किएको बताए । ‘विकृतिहरूलाई हामीले पन्छाउनुपर्छ । नेपालको राजनीतिमा मैमत्त हुने, सम्मान नगर्न प्रवृत्ति छ’, उनले भने । अध्यक्ष नेपालले धेरै गफ गरेको तर त्यसअनुसार काम गर्न नसकेको पनि बताए । ‘हामीले गफ धेरै गरेका छौं, काम कम गरेका छौं । जनताका गुनासाहरू के छन् ? जनता किन विरक्तिँदैछन् ? यसको छानबिन अध्ययन गरेर अघि बढ्न सक्यौं भने नेपालको विकासको विशाल सम्भावना छ’, उनले भने ।

    साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उनले बताए ।


    शुक्रवार, मंसिर २४ २०७८०४:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij