Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाल्पा काँग्रेसका पूर्व उपसभापति अधिकारीद्वारा प्रदेश सदस्यमा उम्मेदवारी

पाल्पा काँग्रेसका पूर्व उपसभापति अधिकारीद्वारा प्रदेश सदस्यमा उम्मेदवारी

  • शुक्रवार, मंसिर १७ २०७८

  • 1.4K
    SHARES

  • पाल्पा काँग्रेसका पूर्व उपसभापति अधिकारीद्वारा प्रदेश सदस्यमा उम्मेदवारी

    भैरहवा । नेपाली काँग्रेस पाल्पाका पूर्व उपसभापति कृष्णप्रसाद अधिकारीले काँग्रेसको लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    रुपन्देहीको भैरहवामा भइरहेको अधिवेशनमा खुल्ला खस आर्य तर्फबाट प्रदेश सदस्यमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ ।

    पाल्पा कांग्रेसमा जिल्ला सचिव र उपसभापति भइसक्नु भएका अधिकारीले जिल्ला सभापतिमा आकांक्षा देखाएपनि आफ्नो समुहको आग्रहमा हिमालदत्त श्रेष्ठको समुहलाई समर्थन गर्नु भएको थियो ।

    उहाँलाई पाल्पा काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका उर्जा मन्त्री बीरबहादुर राना, नवनिर्वाचित सभापति हिमालदत्त श्रेष्ठ, उपसभापति ज्ञानबहादुर गाहा, सचिव सन्तोष थापामगर, क्षेत्रीय सभापति झमन बहादुर राज मगर, महासमिति सदस्य तथा रामपुरका मेयर रमण बहादुर थापा, रामपुरका नगर सभापति नेत्र भट्टराईलगायतका नेताहरुले नै पहल गरेर प्रदेश सदस्यमा उम्मेदवार बनाउनु भएको हो ।

    उहाँ यसअघि पाल्पा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भइसक्नु भएको छ ।

    सरकारी जागिर छाडेर ३५ वर्षअघि पञ्चायतविरुद्धको राजनीतिमा होमिनु भएका अधिकारी काँग्रेसका हरेक आन्दोलन र गतिविधिमा अग्रमोर्चामा देखिदै आउनु भएको छ ।

    अधिकारीले २०६२–६३ को जनआन्दोलनमा पनि पाल्पाबाट पार्टीको निणर्यअनुसार सबैभन्दा पहिला गिरफ्तारी दिनु भएको थियो ।

    पार्टीमा निरन्तर क्रियाशिल रहेको, योगदान गरेको, स्वच्छ छवि भएको, निष्ठा र त्याग भएको नेताका रुपमा चिनिदै आउनु भएका अधिकारीलाई प्रदेश सदस्यमा निर्वाचित गराउन पाल्पा काँग्रेसले सवैलाई अनुरोध गरेको छ ।


    शुक्रवार, मंसिर १७ २०७८०४:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij