Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
राप्रपा महाधिवेशन

राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे प्यानलसहित उम्मेदवारी दर्ता

राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे प्यानलसहित उम्मेदवारी दर्ता

  • शुक्रवार, मंसिर १७ २०७८

  • 838
    SHARES

  • राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे प्यानलसहित उम्मेदवारी दर्ता

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । दुवैजनाले आ–आफ्नो प्यानलसहित केही बेरअघि मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार हुनुहुन्छ ।

    थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन् । अध्यक्षका लागि थापाको उम्मेदवारीको प्रस्तावकमा दिपक बोहोरा र समर्थकमा निरञ्जन थापा रहेका छन् ।

    लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन् ।

    हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो । उम्मेदवारको नामावली अहिले केहिबेरमा सार्वजनिक गर्ने कार्यतालिका छ ।

    राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । मतदान भोली बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । त्यसलगत्तै मतगणना हुनेछ ।


    शुक्रवार, मंसिर १७ २०७८०२:०९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij