काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैहुनुहुन्छ ।
महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे नयाँ बानेश्वरको अल्फाबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको एमाले नेता सूर्य थापाले जानकारी दिनुभयो ।
यही मंसिर १०–१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन त्यसैबारे केन्द्रित हुने जनाइएको छ ।