Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

  • शुक्रवार, मंसिर ३ २०७८

  • 464
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

    काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

    कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ ।

    ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिन्छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डलको पूर्णता दिन सक्नुभएको छैन ।

    मुख्यमन्त्री भएको १४ औँ दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो ।

    शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । नेकपा माओवादी केन्द्र, नेपाल कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादी चार मन्त्री, एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेको छ ।

    मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय पाउनु पर्ने माग गरेको छ ।


    शुक्रवार, मंसिर ३ २०७८१२:३९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij