Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बारसँग पाँच न्यायाधीशले भने– जबराको सम्मानजनक बहिर्गमन भए राम्रो

बारसँग पाँच न्यायाधीशले भने– जबराको सम्मानजनक बहिर्गमन भए राम्रो

  • बुधवार, मंसिर १ २०७८

  • 474
    SHARES

  • बारसँग पाँच न्यायाधीशले भने– जबराको सम्मानजनक बहिर्गमन भए राम्रो

    काठमाडौं – नेपाल बारका पदाधिकारीहरूसँग सर्वोच्च अदालतका पाँच न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको सम्मानजनक बहिर्गमनमा आफूहरूको विमति नरहेको स्पष्ट पारेका छन् । आज न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुँडालले नेपाल बार र सर्वोच्च बार पदाधिकारीलाई यस्तो बताएका हुन् ।

    उनीहरूले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेर बन्दीबाहेक उनले तोकेका इजलास बहिष्कार गरेका आफ्ना १९ सहकर्मीसँग मंगलबारदेखि छलफलमा नबस्ने निर्णय गरेका थिए ।

    ‘प्रधानन्यायाधीशको बहिर्गमन हुनुपर्छ भन्नेमा हाम्रो सहमति छ । यति धेरै प्रश्नहरू उठेका छन् । यसले न्यायालयको हित गर्दैन उहाँको सम्मानजनक बहिर्गमन भइदिए राम्रो हुन्थ्यो । त्यो निकै खुसीको कुरा हुन्थ्यो भन्ने उहाँहरूको कुरा आयो’, सर्वोच्च बारका सचिव ऋषि घिमिरेले भन्नुभयो ।

    नेपाल बार र सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीशले विचलन निम्त्याएको भन्दै उहाँले तोकेका इजलासमा नबस्न उनीहरूलाई अनुरोध गरेका थिए ।

    ‘बारको मागमा हाम्रो असहमति छैन भन्ने उहाँहरूको धारणा आयो । उहाँहरूले नियमित मुद्दा हेर्न नभई बन्दीबाहेकका सामान्य मुद्दा हेर्नमात्र थालेको र प्रधानन्यायाधीशसँग इजलास सेयर पनि नगरेको भन्ने थियो’, घिमिरेले भन्नुभयो ।

     


    बुधवार, मंसिर १ २०७८०७:१३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij