Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवासंग जंगिए प्रकाशमान : पार्टी कार्यालय हुँदा हुँदै घरमा बैठक बसाउने?

देउवासंग जंगिए प्रकाशमान : पार्टी कार्यालय हुँदा हुँदै घरमा बैठक बसाउने?

  • सोमवार, कार्तिक २९ २०७८

  • 967
    SHARES

  • देउवासंग  जंगिए प्रकाशमान : पार्टी कार्यालय हुँदा हुँदै घरमा बैठक बसाउने?

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको बैठक सभापतिको घरमा राखेकोमा असन्तुष्टि जनाउनुभएको छ ।

    कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बूढानीलकण्ठ नदेखे झैं गरेर सभापति शेरबहादुर देउवाको निवासमा बैठक राखिएको टिप्पणी गर्नुभयो ।

    ‘पार्टी केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा राख्छ । कार्यालयमा राख्नु प¥यो नि’ उहाले भन्नुभयो, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र । उहाँको त्यहा घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौं नि ।’

    क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका नेता कार्यकर्ता लामो समयदेखि पार्टी कार्यालयमा धर्ना बसेको भन्दै उहाले भन्नुभयो, ‘जुन जिल्ला, जुन क्षेत्रको जुन वडाको जहाँ समस्या छ । विधि र नियम अनुसार सम्बोधन गर्न प्रयास गरौं ।’ पार्टी प्रवेश, समायोजनको नाममा आफू अनुकुल नाम राखेपछि प्रदेश २ मा विवाद भएको उहाले बताउनुभयो ।

    नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने समेत बताउनुभयो।

    सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा अधिवेशन गरिएकाले त्यस्तो अधिवेशन मान्न नसकिने सिंहको भनाइ छ।

    नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने भनेर भएको निर्णय तत्काल कार्यान्वन गर्नुपर्ने पनि बताउनुभयो।

    नेता सिंहले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तामाथि अन्याय गरेको टिप्पणी गर्नुभएको छ । पार्टी नेतृत्वले अब महाधिवेशन सार्ने अवस्था भने नरहेको सिंहको भनाइ छ।


    सोमवार, कार्तिक २९ २०७८०२:४५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij