Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका महेश बस्नेत एमसीसीको पक्षमा, भिम रावल एक्लीने

एमालेका महेश बस्नेत एमसीसीको पक्षमा, भिम रावल एक्लीने

  • बिहिवार, भाद्र २४ २०७८

  • 1.1K
    SHARES

  • एमालेका महेश बस्नेत एमसीसीको पक्षमा, भिम रावल एक्लीने

    काठमाडौँ । नेकपा एमालेकै कतिपय नेताहरुले एमसीसीको चर्को विरोध गरिरहेका बेला एमालेकै प्रभावशाली नेता महेश बस्नेत भने एमसीसीको पक्षमा देखिनु भएको छ ।
    उहाँले एमसीसीलाई राम्रो र उपयोगी परियोजनाको रुपमा व्याख्या गर्दै त्यसको विरोध गर्नु गलत भएको आशय व्यक्त गर्नुभयो ।
    एमसीसीका बारेमा धेरै भ्रम र हल्ला फैलाइएकोले त्यसलाई चिर्न सक्नु पर्नेमा भने उहाँले जोड दिनुभयो ।
    एमसीसी आफैमा गलत परियोजना नभएको तर यस बारेमा गलत बुझाई देखिएकाले गिजोलिदै गएको नेता बस्नेतको भनाई थियो ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसीसीलाई अस्विकार गर्नुपर्ने अवस्था म देख्दीन ।”
    उहाँले काँग्रेस नेतृत्वको सरकारले संसदमा पेस गर्न लागेकाले समर्थनका लागि आनाकानी भने गर्नुभयो ।
    आफु एमसीसीको पक्षमा रहेको बताएपनि उहाँले पार्टीको औपचारिक धारणा भने यस बारेमा बनिनसकेको जानकारी दिनुभयो ।
    सरकारले पहिला संसदमा ल्याएपछि मात्रै त्यसलाई समर्थन गर्ने की नगर्ने भन्ने बारेमा एमालेले धारणा बनाउने उहाँले बताउनुभयो ।
    एमाले अध्यक्ष केपी ओली पनि प्रधानमन्त्री भएका बेला एमसीसीको पक्षमा खुलेर लाग्नु भएको थियो । उहाँले अहिले पनि त्यसको विरोध गर्नु भएको छैन ।
    त्यसैगरी पूर्व अर्थमन्त्री विष्णु पौडेलसहितका एमालेका अन्य धेरै नेताहरु पनि एमसीसीको पक्षमै देखिएका छन ।
    तर एमसीसीकै सवैभन्दा धेरै विरोध गर्दै आउनु भएका एमाले उपाध्यक्ष भिम रावल भने विस्तारै एक्लिदै जाने देखिएको छ ।

     


    बिहिवार, भाद्र २४ २०७८०९:१७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij