Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

  • बुधवार, भाद्र २३ २०७८

  • 727
    SHARES

  • बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

    काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

    नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
    यस्तै मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

    यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
    नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले बुधबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।


    बुधवार, भाद्र २३ २०७८०३:१६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij