Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव पक्षका सबै नेताहरु चन्द्रागिरि रिसोर्टमा

माधव पक्षका सबै नेताहरु चन्द्रागिरि रिसोर्टमा

  • सोमवार, भाद्र ७ २०७८

  • 666
    SHARES

  • माधव पक्षका सबै नेताहरु चन्द्रागिरि रिसोर्टमा

    काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

    नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ ।

    माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

    सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने उहाँले बताउनुभयो।

    निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।


    सोमवार, भाद्र ७ २०७८०६:०७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij