Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तामा माधव नेपालले भाग पाउन सुरु, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

सत्तामा माधव नेपालले भाग पाउन सुरु, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

  • बिहिवार, भाद्र ३ २०७८

  • 1.0K
    SHARES

  • सत्तामा माधव नेपालले भाग पाउन सुरु, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

    काठमाडौँ – सरकारले वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई हटाएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उहाँको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ ।

    शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

    माधव नेपालका सदावहार सहयोगी शर्मालाई उहाँले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गर्नुभएको थियो। तर ओलीले शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाउनुभएको थियो।

    पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् ।


    बिहिवार, भाद्र ३ २०७८०६:०८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij