काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाको संभावित तेस्रो लहरविरुद्ध जुध्न तयारी अवस्थामा रहेको जनाएको छ । विज्ञहरुले बालबालिका र संक्रमण हुन बाँकी मानिस बढी प्रभावित हुने गरी तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला महालक्ष्मी नगरपालिका पूर्वतयारीमा जुटेको हो ।
अहिले नगरपालिकाभित्र अक्सिजनसहितको २० बेड तयारी अवस्थमा रहेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । नेपाली रेडियो नेटवर्क (रेडियो एनआरएन)को कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले यसअघिका चरणमा पनि पूर्वतयारी गरेकै कारण पालिकाभित्र क्षति कम भएको बताउनुभयो ।
अहिले संक्रमित थपिने क्रम जारी रहेकाले हरेक वडामा पीसीआर र एन्टिजेन परीक्षण गरिरहेको, काउन्सिलिङका लागि ४ जना डाक्टरहरु राखिएका र पोष्ट कोभिडका विरामीका लागि छुट्टै क्लिनिकसमेत संचालन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगर प्रमुख श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्