Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्तापक्ष र प्रतिपक्ष आमने सामनेः एमाले फुट्छ कि गठबन्धन?

सत्तापक्ष र प्रतिपक्ष आमने सामनेः एमाले फुट्छ कि गठबन्धन?

  • शनिवार, श्रावण ९ २०७८

  • 936
    SHARES

  • सत्तापक्ष र प्रतिपक्ष आमने सामनेः एमाले फुट्छ कि गठबन्धन?

    काठमाडौँ – सत्तारुढ गठबन्धनमा सहभागी दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक अर्कालाई फुटाउने षडयन्त्र भैरहेकोप्रति चिन्तित देखिएका छन्।

    सत्तापक्षलाई सत्तारुढ गठबन्धन भत्किने चिन्ता देखिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेमा सरकारले अध्यादेश ल्याएर फुटाइदिने भय देखिएको हो।

    दुवै पक्षका नेताहरुले फुटाउ र शासन गर भन्ने नीति एक अर्काविरुद्ध प्रयोग गर्ने षडयन्त्र भैरहेकोले सचेत रहनुपर्ने बताएका छन्।

    आज बिहान आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई भत्काउन टर्च बालेर प्वाल खोज्ने काम भैरहेको बताउनुभयो।

    उहाँले भीम रावलप्रति लक्षित हुँदै गठबन्धनमा राम्रो भूमिका खेलेका नेताहरु पनि नपत्याउँदो किसिमले ढलेको टिप्पणी गर्नुभयो।

    गठबन्धनमा रहेका नेताहरु नपत्याउँदो किसिमले ढल्नुमा पनि गम्भीर रहस्य रहेको प्रचण्डको भनाइ थियो।

    कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराज भनेकोमा वरिष्ठ नेता माधवकुमार नेपाललाई धन्यवाद समेत दिनुभयो।

    आज बिहान कोटेश्वरस्थित निवासमै पुगेर आफूले माधव नेपाललाई केपी ओलीप्रति सुन्दर व्यंग्यका लागि धन्यवाद दिएको प्रचण्डले बताउनुभयो।

    सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयास भैरहेकोले त्यसलाई रोक्न लागि परेको आफूले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेको प्रचण्डको भनाई थियो।

    तर यता नेकपा एमालेका नेताहरुले भने एमालेलाई विभाजन गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको भन्दै देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

    एमाले नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनभएको हो ।

    आज युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताउनुभयो ।

    यसअघि एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा फेल गराइएकोले अहिले एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभर आगो बल्ने बस्नेतको चेतावनी छ ।

    नेकपा छँदा तत्कालीन प्रधानमन्त्री ओलीको सजिलोका लागि सांसद अपहरण गरेर भए पनि मधेशवादी दल फुटाउन लागिपरेको आरोप लागेका बस्नेतले अहिले एमाले फुटाउन अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भैरहेको छ।


    शनिवार, श्रावण ९ २०७८०८:१२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij