काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको मन्त्री कार्कीले बताउनुभयो ।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गर्दै ३ साउनभित्र यसको बैठक बोलाउन आदेश दिएको थियो ।
यस अतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल हुने मन्त्री कार्कीले बताउनुभयो ।