Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपालले किन भेटे वामदेव र नारायणकाजीलाई छुट्टाछुट्टै ?

माधव नेपालले किन भेटे वामदेव र नारायणकाजीलाई छुट्टाछुट्टै ?

एमाले स्थायी कमिटी बैठक अनिश्चित
  • बुधवार, आषाढ ३० २०७८

  • 962
    SHARES

  • माधव नेपालले किन भेटे वामदेव र नारायणकाजीलाई छुट्टाछुट्टै ?

    काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन आज श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुगेका हुन् ।

    बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुग्नुभएको थियो भने केही समयपछि गौतम पुग्नुभएको थियो । नेपालले दुबै जनासँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।

    नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको बताइएको छ । यस्तै, गौतम र नेपालबीच भने समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

    यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए आफूले सहयोग गर्ने बताउनुभएको थियो । पछिल्लो समय उहाँ अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा पनि सहभागी हुनुभएको थियो ।

    अब फेरि शक्तिबाट हटेपछि गौतमले कित्ता परिवर्तन गरेको हुनसक्ने विश्लेषण गरिएको छ ।

    अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए । तर नेपाल पक्षका नेताहरुकै हस्ताक्षरका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुिक्तको परमादेश दिएको भन्दै अब नेता नेपालबिनाको एमाले बनाउने बताएका छन् ।

    यता, एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष ओलीको सम्बोधनले स्थगित भएको थियो भने आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

     


    बुधवार, आषाढ ३० २०७८०२:१०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij