Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कोपा अमेरिका :

पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

  • शनिवार, आषाढ २६ २०७८

  • 732
    SHARES

  • पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

    काठमाडौं - पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बनेको छ । भर्खरै सम्पन्न खेलमा पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ ।

    खेलको अन्तिम समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित सनसनीपूर्ण जित निकाल्दै तेस्रो बनेको हो ।

    पहिलो हाफको अतिरिक्त समयमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन क्वारड्राडोले खेल बराबरीमा ल्याएका थिए ।

    त्यस्तै, लुइस डियाजले ६६ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन आठ मिनेटअघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए ।

    1625882791comlambia.jpg

    दोस्रो हाफको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाउँदै तेस्रो बनाए ।

    ब्राजिलमा जारी प्रतियोगितामा कोलम्बिया र पेरु सेमिफाइनलमा क्रमशः अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका थिए ।

    कोपा अमेरिकाको उपाधिका लागि आइतबार बिहान अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजे हुनेछ ।

     


    शनिवार, आषाढ २६ २०७८०८:४०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij